CHHAKKA PANJA

  • Full Movie     14788
  • Duration: 136 min
  • Director: Deepak Raj Giri, Deepashri Niraula
  • Cast: Deepak Raj Giri, Kedar Ghimire, Jitu Nepal, Deepashri Niraula
  • Music:
Chhakka Panja
२०७३ सालकै वहुप्रतिक्षित चलचित्र छक्कापञ्जा टेलिसिरियलका चर्चित हाँस्य अनुहारहरुले निर्माण गरेको यो चलचित्र एउटा सामाजिक पृष्ठभुमीमा आधारित कथानक चलचित्र हो जसलाई परिवारसंग निर्धक्क रुपले हेर्न जान सकिन्छ । ६ अकंसंग बढिनै आत्मियता भएका दिपक राज गिरिको पहिलो प्रस्तुती ६ एकान ६, दोश्रो वडा नं ६ अनि तेश्रो छक्का पञ्जा हो । एउटा औसत नेपाली गाउँ अनि त्यहाँका वासिन्दाहरुको कथा हो, छक्का पञ्जा । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा जहाँ मलेसिया जानेदेखि अष्ट्रेलिया र अमेरिकाजानेसम्मको कथा हो छक्का पञ्जा । अछामी राजा अनि उन्का वेरोजगार गाउलेसाथीहरुको केमिष्टी्र हो यो चलचित्र जसमा कथाले काठमाण्डौसम्म घुमाउन ल्याउँदछ । सम्पूर्ण रुपमा नेपालीजनको कथा अनि ब्यथा समातेको यो चलचित्रले यूवाहरुको विदेशप्रेम अनि वैदेशिक रोजगारीले देखाएको समाजका खराब पाटाहरु केलाएको छ । राजा हुन दिपक राज गिरि जो अछामे टोनमै बोल्दछन, उनका साथीहरु जितु नेपाल एउटा पण्डितका पण्डित छोरा हुन् । बुद्धि तामाङ्ग विवाहित अधवैंसे हुन भने माग्ने बुढा अर्थात् केदार घिमिरे आफ्ना बुढीआमाका एकमात्र साहारा हुन् । दिपक राज गीरि राजा मनका अच्छा मान्छे त हुन तर उनका अब्यवहारीक आदर्श र अरुहरुसँग छक्का पञ्जा गर्ने बानी र समयले उनिमाथीनै गरेको छक्का पञ्जा हो यो चलचित्र र विवाह नगरिकन अनि मेहेनत नगरिकन आनन्दको जीवन बिताउने केटाहरुको जीवनमा आएको परिवर्तन र परिवेश हो, छक्कापञ्जा ।

Related Movies

Chhakka Panja

Chhakka Panja

Please log in to watch full movie. We have lots of content for you.